हुलाकी न्यूज,जनकपुरधाम : भारतको गंगा नदीमा लाश बग्ने क्रम राेकिएकाे छैन  ।

हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारकाे बक्सर जिल्लाकाे सिमरी क्षेत्रमा गंगा नदीमा लाशहरु भेटिएका हुन् ।

याेबाहेक गंगा नदीका विभिन्न घाटहरुमा तैरिरहेकाे अवस्थामा लाशहरु देखिएका स्थानीयले बताएका बीबीसीले जनाएकाे छ ।

भेटिएका लाश पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला प्रशासनल कार्यालयले जनाएको छ । प्रशासनले डीएनएको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाएको दाबी गरेको छ ।

गंगा नदी किनारमा लाश भेटिन थाले पछि त्यहाँ गस्ती बढाइएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारका जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा लाश भेटिएको बारे अनुसन्धान गर्ने बताउनु भएको छ । उहाँले गंगा नदीलाई सफा राख्न आफू प्रतिबद्ध भएको पनि बताउनु भएको छ ।

यसअघि अस्ति सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन भन्दा धेरै लाश भेटिएका थिए । यी लाशहरु कहाँबाट आए भन्ने यकिन नभए पनि काेराेनाका कारण ज्यान गुमाएकाहरुकाे शव हुन सक्ने अनुमान गरिएकाे बीबीसले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.