हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाभाइरस संक्रमणको कारण मंगलबार २२५ जना मृतक थपिएका छन् ।
अहिलेसम्म एकैदिनमा थपिएको यो सर्वाधिक संख्या हो । सेनाले व्यवस्थापन गरेको शवलाई अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले मृतक संख्या उल्लेख गरेको हो ।
९ हजार ४८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३१६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा ५,२२५ जना निको भएका छन् ।
कूल संक्रमित संख्या ४ लाख १३ हजार १११ जना पुगेको छ । आजसम्म ४ हजार ८४ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित संख्या ९७ हजार ८ पुगेको छ ।



