हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ मा आज थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नरायणी अस्पतालमा उपचारको क्रममा तीनैजनाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा।सरोज रोशन दासले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा दुईजना पर्सा र एकजना बारा जिल्लाका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिका १ निवासी ३५ वर्षका पुरुषको बिहान ५ बजेर ५० मिनेटमा मृत्यु भएको उनले बताए।

यस्तै बिहान ३ बजे बाराको परवानीपुर गाउँपालिका १ बुनियाद टोल बस्ने ५५ वर्षकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
त्यसैगरि वीरगञ्ज महानगरपालिका ९ निवासी ५५ वर्षका पुरुषको कोरोना संक्रमणका कारण नारायणी अस्पतालमै मृत्यु भएको डा.दासले बताए।

त्यसैगरि वीरगञ्जमै गरिएको स्वाब परिक्षणमा थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।

पर्सा, बारा लगायतका विभिन्न जिल्लाबाट संकलन गरेर ल्याइएको २ सय ८८ वटा स्वाबलाई परिक्षण गर्दा ४१ महिलासहित १ सय ५० जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।संक्रमितमध्ये पर्साका मात्र १ सय १० जना रहेका छन् । त्यसैगरी बाराका ३३, रौतहटका ४, सर्लाहीका २ र धनुषाका १ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.