हुलाकी न्यूज,काठमाडौँ : काठमाडौंमा आगामी जेठ २ देखि चिनियाँ खोप भेरोसेल लगाउन दोेस्रो चरणको अभियान सुरु हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप संचालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चित समय तोकी अभियान चलाउने निर्णय गरेका छन्।
डीसीसीएमसी काठमाडौंको आज बसेको बैठकले निषेधाज्ञाको पालना गर्दै खोप लगाउन दिने निर्णय गरेको हो भने भीडभाड नगरी खोप लगाउन आग्रह गर्दै प्रशासनले सम्बन्धित निकायलाई पत्र लेखेर पठाउने निर्णय गरेको हो ।



