पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह रहेका छन् ।
सिरहाको शुखिपुर नगरपालिका घर भएका शाहले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर संचालन गरेका छन् ।
१२ सय पर्ने अक्सिमिटर ३ हजार भन्दा बढी मूल्यमा बिक्री गरेकाले साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साहको पसलबाट २८ थान अक्सिमिटर समेत प्रहरीले बरामद गरेको छ ।
शाहलाई कालोबजारी र संक्रामक रोग ऐन–२०२० अनुसार प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर थप अनुसन्धान गरिने एसपी रानाभाटले बताए ।