हुलाकी न्यूज,जनकपुरधाम :चितवनको रत्ननगर नगरपालिका ३ मा ७० वर्षीय बुबा र ३८ वर्षीय उनका छोराको कोरोना संक्रमणबाट २४ घण्टा भित्रै मृत्यु भएको हो ।
छोराको कोरोना संक्रमणबाट सोमबार बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको केही घण्टाअघि मात्रै उनका बुवाको कोरोना जाँच गराउँन जाँदाजाँदै अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नवलपरासीको एक उद्योगमा काम गर्ने छोरालाई ५ दिनअघि कोरोना संक्रमण भएको पुष्टि भएपछि होम आइसोलेसनमा नै बसिरहेका थिए । स्वास्थ्यमा समस्या आएपछि दुई दिन अघि मात्र छोरालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । छोराको हेरचाह र रेखदेखका लागि बाबु जाने गरेका थिए ।
आइतबार बेलुका खोकी र पखाला लागेपछि रत्ननगर नगरपालिकाको गाडीले अस्पताल पु¥याएपछि अस्पताले उनलाई मृत घोषणा गरेको थियो ।