जिल्ला प्रशासन कार्यालय बाँके
जिल्ला प्रशासन कार्यालय बाँके

हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गतेदेखि १५ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र लागू हुने गरि लकडाउन गरेको थियो तर कोरोना संक्रमित हुनेको दर दैनिक नयाँ रेकर्ड कायम हुँदै गए पछि जिल्ला प्रशासन कार्यालय बाँकेको बैशाख १३ गते बसेको बैठकले बैशाख २० गते सम्म बाँके जिल्ला व्यापी रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

फेरि पनि कोरोना संक्रमणको दर कम भन्दा पनि तीब्र रुपमा बढदै गए पछि जिल्ला प्रशासन कार्यालय बाँकेको आइतबार बसेको बैठकले बैशाख २७ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको भए पनि संक्रमण उच्छ नै रहेको हुँदा पुनः जेठ ३ गते सम्मका लागि निषेधाज्ञा जारी राख्ने बाँके प्रशासनले सुचना जारी गरेको छ ।

प्रशासन द्वारा जारी सुचना अनुसार आज राति १२ बजे मध्यरात देखि जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.