हुलाकी न्यूज,जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरले संक्रमितलाई खुवाउन दातासंग खाना मागेको विषयमा मुख्यमन्त्री लालबाबु राउतले स्पष्टीकरण सोधका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवलाई आफ्नै निवासमा बोलाएर आइतबार बिहान स्पष्टीकरण सोधेका हुन् ।

अस्पतालले संक्रमितलाई खाना खुवाइदिन मारवाडी युवा मंचलाई पत्र लेखेको पत्र शनिबार सार्वजनिक भएपछि समाजिक संजालमा भाइरल बनेको छ र प्रदेश सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

मुख्यमन्त्री राउतले किन के आधारमा मारवाडी युवा मंचलाई पत्र लेखेको विषयमा स्पष्टीकरण मागेका थिए ।

जवाफमा मेसु यादवले मारवाडी युवा मञ्चले अस्पतालमा उपचाररत कोभिडको विरामी तथा कुरुवाहरुलाई खाना वितरण गर्ने भनि पत्र लेखेको र सोहि आधारमा आफुले पत्र लेखेको जानकारी दिएका छन् ।

अस्पतालमा विरामीहरुको खानाको शिर्षकमा अझै १५ लाख रकम बाँकी रहेको र थप आवश्यक पर्ने रकम समेत उपलब्ध गराउने मुख्यमन्त्री राउतले निर्देशन दिएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.