आइसोलेसनहुलाकी न्यूज,जनकपुरधाम : कोरोना भाइरसको दोस्रो लहर प्रभाव बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरुले अक्सिजनसहितको आइसोलेसन निमार्ण गरेका छन् ।

उनीहरुले स्थानीय तह, जिल्लास्थित संघसंस्था र सहयोगीहरुमार्फत यस्ता आइसोलेसन निमार्ण गरेर संचालनमा ल्याएका छन् । संक्रमणको दर तीव्र रुपमा वढिरहेको र अस्पतालहरु समेत भरिभराउ भएपछि यस्ता संरचना निमार्ण गरेको बताइएको छ।

नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिका महासचिव बिक्रम खड्काले लुम्बिनी प्रदेशका रोल्पा, दाङ, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँचीमा पत्रकार महासंघकै भवनमा आइसोलेसन निमार्ण गरिएको बताए ।

अर्घाखाँची शाखामा भने अन्य सघ संस्थाको सहकार्यमा संयुकरु्तमा आइसोलेसन निर्माण गरिएको हो । दाङ शाखाले निमार्ण गरेको आइसोलेसन ६ वेडको रहेको भने अन्य जिल्ला शाखाले निमार्ण गरेका आईसोलेसनहरु ५ वेडका रहेका छन् ।

जिल्ला जिल्लामा संक्रमितहरुको संख्या वढ्दै गएकोले सम्भव हुने जिल्लामा सरोकारवाला संघ संस्थाको सहयोगमा संरचनाहरु निमार्ण भएको महासघका प्रदेश अध्यक्ष बसन्त गिरीलेले बताए । ती आईसोलेसन पत्रकार महासघ जिल्ला शाखाको संयोजनमा बनेको भएपनि अन्य सर्बसाधारणहरुलाई उपयोग गर्न सकिने छ ।

यस्ता संरचना निमार्ण गर्दा अक्सिजन र स्वास्थ्यकमीहरुको भने अभाव रहेकोले सहयोग समन्वयका लागि नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले सम्बद्ध पक्षलाई सहयोगका लागि अपील गरेको छ ।

पत्रकार महासघ लुम्बिनी प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड १९ को संक्रमणमा अहिलेसम्म ३८ जना पत्रकारहरु परेका छन् ।

उनीहरुमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना रहेका छन् । जसमा दुई जना अस्पतालमा भर्ना भएर उपचार गराईरहेका छन् भने वांकी पत्रकारहरुले होम आईसोलेसनमै बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

यस्तै बाँकेमा १२ जना संक्रमित रहेका छन् । उनीहरु मध्ये केहीले अक्सिजनको सहायतामा उपचार गरिरहेका छन् । त्यस्तै दाङ जिल्लामा ४ जना पत्रकारहरु संक्रमित भएका छन् । त्यसमा एक जनाको गंभिर अवस्थामा भैरहवामा उपचार भैरहेको छ । त्यस्तै वर्दियामा ४ जना, पाल्पामा २ जना, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना संक्रमित रहेका छन् ।नेपाल प्रेस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.