हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको सहिदनगर नगरपालिका का नगर प्रमुख उदय बर्बरिया यादवले आफु चढदै आएको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन्।

धनुषा जिल्लामै पहिलो पटक यस्तो निर्णय गरेको छ।

धनुषाको सहिदनगर नगरपालिका का नगर प्रमुख उदय बर्बरिया यादवले भने कोरोना भाइरसको दोस्रो लहरले विश्व नै आक्रान्त बनेको छ साथै यसबाट नेपाल पनि अछुतो रहन सकेका छैन । दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । एम्बुलेन्स नपाएर कोरोना संक्रमित अस्पताल पुग्न नसक्दा ज्यान गुमाएको कैयौं समाचार पढ्न पाउदा अत्यन्त दुःख लागेको छ । भारतसँग सिमा जोडिएकाले धनुषाका ग्रामिण भेगमा पनि संक्रमित हुनेको संख्या बढ्न थालेको छ । तर विडम्बना ग्रामिण भेगका संक्रमितले अस्पताल जान एम्बुलेन्स पाइरहेका छैन । तसर्थ आफूले प्रयोग गरिरहेको सरकारी गाडी नगरभित्रका संक्रमितलाई अस्पतालसम्म र अस्पतालबाट घरसम्म पुर्याउनका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गर्दछु ।

कोरोनाले आक्रान्त जनताको सेवालाई सर्वोपरी ठानेर आफू चढ्ने सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने र गाडीको आवश्यकता पर्नेले सिधा मेरो मोवाइल नम्वर ९८५४०२९७६९ मा सम्पर्क गर्न नगरबासीमा अपिल पनि गर्दछु सहिदनगर नगरपालिका का नगर प्रमुख यादवले बताउनुभएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.