हुलाकी न्यूज,जनकपुरधाम : सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ८ वटा नयाँ भेन्टिलेटरहरु शनिबारदेखि सञ्चालनमा आउने छन् ।

प्रादेशिक अस्पतालमा रहेका पुरानो भेन्टिलेटरहरु बिग्रिएपछि सामाजिक विकास मन्त्रालयले अस्पताललाई ८ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराएका हुन् ।

भेन्टिलेटर जडानको काम शुक्रबार  रातिसम्म सम्पन्न हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताउनुभएको छ ।

डा. यादवले भने ,‘अस्पतालमा भेन्टिलेटर नभएर ठूलै समस्या भएको छ, प्राविधिकहरू प्रदेश सरकारले उपलब्ध गराएको भेन्टिलेटरहरु जडान गर्ने काम भइरहेको छ । अबेर रातिसम्म सबै भेन्टिलेटर जडान गर्ने काम पूरा भएपछि शनिबार बिहानैदेखि सञ्चालनमा ल्याइने छ ।’

प्रादेशिक अस्पतालमा अहिले हाल सम्म ३१ जना बिरामीलाई अक्सिजन सहित राखिएको छ भने १९ जनालाई आइसियुमा र ५ जना बिरामी बेडको पर्खाइमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.