हुलाकी न्यूज,जनकपुरधाम : देशभर बिहीबार ९ हजार ७० संक्रमित थपिएका छन्।

एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो। आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो।

जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। यस दिन कोरोनाबाट ५४ जनाले ज्यान गुमाएका छन्। याेसँगै मृत्यु हुनेकाे संख्या ३५२९ पुगेको छ। त्यस्तै २ हजार ७०७ जना निकाे भएका छन्। याेसँगै निको हुनेको दर ७९‍ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोनाबाट निकाे भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.