हुलाकी न्यूज,जनकपुरधाम : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।

नगरपालिकामा कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको हो ।

उनले नगरवासीहरु उपचारका लागि अस्पताल पुग्न नसक्ने अवस्थामा पुग्दा आफुहरु गाडी चढेर हिडन उपयुक्त नदेखेर यो निर्ण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

प्रमुख घिमिरेले लु १ झ ३६० नम्बर र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै आएका थिए । यी दुवै गाडीहरु आजबाट तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुनेछन् । गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको घिमिरेले जानकारी दिए । नगरपालिकाले यसअघि वडा नं. १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरी अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा संचालनमा ल्याइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.