हुलाकी न्यूज,जनकपुरधाम : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोसहित उनका श्रीमान् प्रतिनिधिसभा सदस्य रघुवीर महासेठकाे काेराेना रिपाेर्ट पाेजिटिभ आएको छ ।
यसबारे मन्त्री महताेले ट्विटरमा ट्वीट गर्दै लेखेकी छन्, ‘छिट्टै नै पूर्ण स्वस्थ भएर आफ्नो नियमित कार्यमा फर्किनेछु साथै दस औँला जोडेर सबैलाई बिनम्र आग्रह छ – सजग बनौँ !’ आफू डाक्टरहरूकाे निगरानी र परामर्शमा रहेको बताउनुभयो ।



