हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरको प्रादेशिक कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि राखिएको भेन्टिलेटर केहीबेरमै बिग्रिएपछि बिरामीको बिचल्ली भएको छ ।

बुधबार दिउँसोदेखि महोत्तरी मटिहानीकी ५४ वर्षीया महिला भर्ना भइन् । कोरोना संक्रमित महिलाको आवस्था गम्भीर भएका कारण भेन्टिलेटरमा राखियो । तर, दिउँसो केही बेर चलेको भेन्टिलेटर बिग्रिएपछि बिरामीको बिचल्ली भएका हुन् ।

सिकिस्त महिलालाई रेखदेख गर्न कुरुवामा छोरा खटिएका छन् । भेन्टिलेटर काम नगर्दा आमाको अवस्था बिग्रिन थालेको छोरोले बताए । भेन्टिलेटरका लागि साँझसम्म अस्पतालमाका डाक्टर अगाडी हारगुहार गर्दापनि पहल नभएको पीडित परिवारले जनाएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोभिड अस्पतालमा ५ वटा भेन्टिलेटर उपलब्ध भएपनि सबै बिग्रिएको कोभिड अस्पतालका प्रवक्ता मनिष पाण्डेले बताए ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पुरानो भेन्टिलेटर बिग्रिएपछि प्रदेशबाट नयाँ भेन्टिलेटर माग गरिएको बताए । केहि बेर चल्ने र बिग्रिने भएपछि समस्या भएको उनले बताए । डा. यादवले प्रदेशबाट २ थान भेन्टिलेटर उपलब्ध भएको र तत्काल प्रयोगमा आउने बताए । निजी अस्पतालहरुबाट प्रदेशिक कोभिड अस्पतालमा बिरामी आउने क्रम बढेकोले अस्पतालले भार थाम्न सक्ने अवस्था नभएको उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.