हुलाकी न्यूज,काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
महामारीको समयमा केही निजी अस्पतालले सरकारले तोकेभन्दा बढी शुल्क लिने गरेको गुनासो आइरहेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार अपरान्ह वक्तव्य जारी गर्दै मन्त्रालयले अनावश्यक शुल्क लिने लगायतका गैरकानूनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि कार्वाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।
यस्तो खाले गतिविधि पाइएमा मन्त्रालयलाई जानकारी दिनपनि अनुरोध गरिएको छ । कालो बजारीमा मन्त्रालयको नियमित अनुगमन भैरहेको बताउँदै विज्ञप्तीमा नियानुसार कार्वाही गर्ने पनि भनिएको छ ।