हुलाकी न्यूज,जनकपुरधाम : भारतसँग जोडिएका धनुषाका सबै सिमानाका सिल गरिएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि तेसको रोकथाम तथा निन्त्रणका लागि धनुषाका सबै सिमा सिल गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो।

धनुषासँग जोडिएका जटही नाका, इनर्वा नाका लगायत सबै नाकाबाट अब आवतजावत गर्न रोक लगाइएको छ ।

यद्दपी मालसमान ढुवानी नेपाल सरकार मन्त्रीपरिषद्को आइतबारको निर्णयमा नेपाल भारतबीच आवतजावत गर्न यस जिल्लाको कुनै नाका नपरेकोले जिल्लाका नाकाबाट भारत तर्फ आवत जावत गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले एक सूचना जारी जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.