हुलाकी न्यूज,जनकपुरधाम : अभिनेता मदनकृष्ण श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

अक्सिजन लेभलमा कमी भएपछि बुधबार अपरान्ह उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छ।

आइतबार केही सहज भएपछि अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई पुनः आज अस्पताल लगिएको हो । ‘उहाँलाई कोरोना निको भएकै थिएन । केही सजिलो भएपछि मात्र डिस्चार्ज गरेका हौं’ अभिनेता मदनकृष्ण श्रेष्ठकाे छोरा यमनले भने, ‘अक्सिजन लेभल ८५ मा झरेपछि पुनः अस्पताल लैजानुपरेको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.