हुलाकी न्यूज,जनकपुरधाम : नेपाली क्रिकेट खेलाडी जाहिर अहमदको आज निधन भएको छ।
कयौं राष्ट्रिय प्रतियोगिता खेलेका उनले नेपालको १९ वर्ष मुनिका खेलाडीहरुको राष्ट्रिय टिममा संलग्न भई सिंगापुरमा एशियाकप अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा खेलेका थिए।
नेपालगन्ज निवासी जाहिरको निधन प्रति दुख व्यक्त गर्दै नेपाल क्रिकेट संघले परिवारप्रति समवेदना प्रकट गरेको छ।