भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यो संख्या एकैदिन कोरोना संक्रमणको कारण सबैभन्दा धेरैको मृत्युको तथ्यांक हो ।
उक्त अवधिमा भारतमा थप ३ लाख ८२ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड ६ लाख ६५ हजार नाघेको छ भने कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि २ लाख २६ हजार १८८ पुगेको छ ।