हुलाकी न्यूज,जनकपुरधाम : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना तिराइने भएको छ ।
सडकमा खटिएका सुरक्षाकर्मीले निषेधाज्ञाको उल्लंघन गर्ने, अनावश्यक हिँड्डुल गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना गरिने बताउनुभयो ।
‘‘यसअघि हामीले निषेधाज्ञा उल्लंघन गर्ने मानिसलाई होल्डमा राख्दै छाड्ने गरेका थियौँ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।