हुलाकी न्यूज,जनकपुरधाम :हेटौंडामा २४ घण्टा नबित्दै  अस्पतालमा उपचार रत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–१ का ५५ वर्षीय पुरुषको आइतवार मृत्यु भएको थियो भने आज थप एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा जिल्लाको अंलेखगञ्ज निवासी ४६ बर्षका पुरुष रहेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठले बताए ।कोरोना संक्रमित ४६ वर्षीय पुरुषलाई आइतवार बेलुका १२ बजे हेटौंडा अस्पताल उपचारको लागि ल्याइएको थियो ।
स्वास प्रश्वासमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारत सोमवार विहान ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.