हुलाकी न्यूज,जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय सिरहा आजबाट बन्द भएको छ ।

राजश्व संकलन काउन्टरका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय अनिश्चितकालका लागि बन्द भएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सूचना जारी गरेर अत्यावश्यक बाहेकका सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बताएका छन् ।

उनले कार्यालय बन्दबाट सेवाग्राहीमा पर्न गएको असरप्रति क्षमा मागेका हुन् ।

एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालयका अन्य सबै कर्मचारीको पिसिआर परीक्षण गराउने प्रजिअ कर्णको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.