हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीमा वैशाख २२ गतेदेखि जिल्लाभर महोत्तरीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

डीसीसीएमसीको आज आइतबार बसेको बैठकले महोत्तरीमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको निष्कर्ष निकाल्दै वैशाख २२ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म ९ दिनका लागि महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

यस्तै महोत्तरीका सबै स्थानीय सरकारलाई कम्तिमा २०–२० वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न डीसीसीएमसीको बैठकले अनुरोध गरेको छ भने साथै कालोबजारी हुन नदिन अनुगमन गर्ने र कोलोबजारी गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि डीसीसीएमसीले गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.