हुलाकी न्यूज,जनकपुरधाम : लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन् ।
पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।
प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ ।
दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उद्देश्यले राजीनामा दिइएको बताइएको छ ।
जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ ।
लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ जसपाका २ र राजमोका १ सांसद छन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्ताव टुंगो लगाउन प्रदेश सभाको विशेष अधिबेशन आज बोलाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.