शब्द : आकांक्षा
एउटा यात्री जब यात्रामा निस्किन्छ
उसले नियाल्छ आफूलाई
आफ्नो आत्मासँगको आफ्नै सम्बन्धलाई र
पत्ता लगाउँछ आफ्नो परिचयलाई
उसले नियाल्दछ प्रकृतिलाई
प्रकृतिसँगको आफ्नो सम्बन्धलाई र
पत्ता लगाउँछ यात्रामा निस्किनुको अर्थ
उसले केही क्षणमै बिर्सिन्छ आफ्नो भूतलाई
अंगाल्ने गर्छ वर्तमानलाई र फेरि
यात्रासँगै बुन्ने गर्छ योजना सांची भविष्यलाई
उसले जिउने गर्छ जिन्दगीको हरेक रिक्ततालाई
यात्राका विभिन्न रंगलाई
आंखामा केही सपना खेलाउदै
मनमा केही संक्ल्पको गाठो कस्दै
बनाउने गर्छ योजना फेरि त्यही यात्राको र
जिउने गर्छ फेरि हजारौं सपनाहरू सांच्दै
पुरा गर्दै
र मष्तिष्कमा अनगिन्ती सम्झनाहरूका एल्बम बनाउंदैँ।।।




