हुलाकी न्यूज,जनकपुरधाम : कोरोना भाइरस संक्रमण फैलिने दर भयावह देखिएपछि १० देश र नोपलबीच हुने अन्तर्राष्ट्रिय उडान बन्द गराउन सिफारिस गरिएको छ ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले कोरोना प्रभावित मुलुकहरुमा उडान नगर्न मन्त्रीपरिषदलाई सिफारिस गरेको हो ।

भारत, बेलायत, अमेरिकालगायत मुलुकमा अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

परिस्थिति काबुबाहिर जान सक्ने भएकाले यस्तो सिफारिस गरिएको बताइएको छ ।

उनका अनुसार बैठकले आन्तरिक उडान पनि बन्द गर्न सिफारिस गरिएको छ ।

मन्त्रीपरिषदले निर्णय गरेपछि अन्तर्राष्ट्रिय उडानकासाथै जनकपुर काठमाडौँ सहित देशभित्र हुने सम्पुर्ण आन्तरिक उडानमा समेत रोक लगाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.