हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारी तिब्र रुपमा फैलिन लागेको अवस्थामा प्रदेश २ का प्रमुख राजेश झा अहिराज जनकपुरधाम नगरको परिक्रमा गर्दै अनुगमन थालेका छन्।
दोस्रो भेरियन्ट सहितको कोरोना महामारी झनै भयावह रहेकोले व्यवसायी तथा पसलेहरुलाई मास्क लगाएर व्यवसाय गर्न प्रदेश प्रमुख अहिराजले आग्रह गरेका हुन्।
मिल्स एरियादेखि शिवचोकसम्म पैदल यात्रा गर्दैै प्रदेश प्रमुख झाले मास्क नलगाएका बटुवा तथा पसलेलाई हात जोड्दै मास्क लगाएर काम गर्दा आफु पनि स्वस्थ्य रहने र अरुलाई पनि स्वस्थ्य राख्न मद्दत पुग्ने भएकोले सबैलाई मास्क लगाउन अनुरोध गरेका थिए ।
प्रदेश प्रमुखका सचिव ध्रुव गैडाले कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेपछि धनुषा जिल्ला पनि अति प्रभावित रहेकाले स्वास्थ्यको ख्याल गर्दै प्रदेश प्रमुख झाद्वारा अनुगमन थालिएको बताए ।



