हुलाकी न्यूज,जनकपुरधाम : कोरोना संक्रमण भएर उपचाररत पूर्वरानी कोमललाई नर्भिक अस्पतालको आईसीयूमा सारिएको छ ।अक्सिजन लेवल घटेपछि बुधबार राति आईसीयू सारिएको छ ।अहिले उनको अक्सिजन लेवल ८७ को आसपास रहेको अस्पतालले जनाएको छ ।’
दिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए । लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण भएर सोही अस्पताल भर्ना भएकी छन् ।

अहिले पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणाको स्वास्थ्य भने स्थिर रहेको अस्पतालले जनाएको छ । यद्यपि, पूर्वराजा पनि अक्सिजन सपोर्टमा नै छन् ।
सामान्यतया अक्सिजन लेवल ९४ देखि १०० सम्म हुनुलाई स्वस्थ मानिन्छ । कोरोना संक्रमितको अक्सिजन लेवल लगातार ९० भन्दा तल झर्यो भने त्यसलाई चिन्ताका रूपमा लिने गरिन्छ ।



