हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नं. २ को जिल्ला सिराहा स्थित लक्ष्मिपुर पताइर गा. पा. वार्डनं. -३ महेशपुर बस्ने सुखरिया साफीलाई नेपाल रजक सेवा समाज द्वारा नेपाली रुपैया ४०१५५/- अक्षरेपी चालिस हजार एक सय पचपन्न रुपैया आर्थिक सहयोग गरेको छ।
पाँच छोरी र एक छोराको अभिभावक सुखरिया साफीको आर्थिक स्थिती अतिनै कम्जोर भएकोले पिडादायी जीवन बाचदै र खान बस्नमा समेत समस्या भएकोले पिडितको पारिवारिक स्थिति सुधारगर्न देश तथा बिदेशमा रहेको समाजसेवीहरुले सहयोग संकलन गरियहि गत मिति २०७८- बैषाख १२ गते आइतवारको दिन नेपाल रजक सेवा समाजको केन्द्रिय अध्यक्ष- रामवरण रजक धनुषा जिल्ला अध्यक्ष -शिवेश्वर रजक सिराहा जिल्ला अध्यक्ष- भिखारी साफी केन्द्रिय सहकोषाध्यक्ष- झरिलाल साफी लगायत गाउँको बुद्धिजीवी तथा छिमेकीरहरुको उपस्थितीमा रकम हस्तान्तरण गरेको थियो।
नेपाल रजक सेवा समाजले समाजमा विभिन्न सामाजिक सुधारको कार्यहरु गर्दै आएको छ।
सामाजिक भेदभाव, सामाजिक कुप्रथा, दहेजप्रथा वालबिवाह ,महिला हिंसा, लैंगिक हिंसा सामाजिक बिकृती बिसंगती जस्ता सामाजिक कुप्रथाहरुलाइ न्युनिकरणगर्न विभिन्न कार्यक्रम तथा जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएका छन्।
साथै-साथ गरिब बिपन्न तथा असाहय व्यक्तीहरुलाइ संरक्षण र सहयोग गर्दै आएको नेपाल रजक संस्थाका माहासचिव नरसिंह रजक जानकारी दिनु भएको छ।
नेपाल रजक सेवा समाजको युवाहरुहाल नेपाल साउदी कतार दुबई ,मलेशिया, भारत लगायतको देशमा क्रियाशील रहेको छ।



