हुलाकी न्यूज,काठमाडौँ : नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा उड्न रोक लागेसँगै भारतले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै सचेत गराएको छ ।

अध्यागमन विभागले १५ वैशाखबाट लागु हुने नेपालमा ट्रान्जिट भई तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ ।

अहिले भारतबाट उडानमा प्रतिबन्ध लागेका मुलुकमा नेपाल ट्रान्जिट भई भारतीय नागरिक विदेश जाने गरेका थिए । नेपाल सरकारले संक्रमण भित्रन सक्ने भन्दै नेपालमा पीसीआर परीक्षण रोक्ने देखि तेस्रो मुलुकमा उडान रोक्ने सम्मको निर्णय गरिसकेको छ ।

नेपालस्थित भारतीय दूतावासले मंगलबार आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै नेपालको निर्णयबारे जानकारी गराएको हो ।

दूतावासले तोकिएको मितिपछि नेपालबाट तेस्रो मुलुकमा जाने गरी नेपाल नआउन सचेत गराएको छ । साथै, यो अवधिमा नेपाल आइसकेका भारतीय नागरिकको सुरक्षित प्रस्तावको व्यवस्थापनका लागि भने दूतावासले नेपाली अधिकारीहरुसँग समन्वय गरिरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.