हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।

आज साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गुडिरहेको हायस गाडीमा अचानक आगो लागेको हो ।

गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानवीय क्षति हुनबाट जोगिए पनि गाडी भने पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेटपश्चात् आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन । जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा आगलागीका बेला यात्रु समेत रहेको बताइएको छ । तर, यात्रुहरु बेलैमा गाडीबाट ओर्लेका कारण उनीहरु सुरक्षित छन् ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.