हुलाकी न्यूज,सिरहा : गत बैशाख २ गते मंगलबारको दिन थियो रतिको पौनेनौ बजिरहेको थियो ।खाना खाएर सुत्न गइरहेकी थिए ।गाउँकै मातेको एक युबाह?को समूह मेरो घरमा प्रवेश गरे । ऊनीहरु…?

मेरो ससुरा,सासूलाई कुटपिट गर्दै म सुतिरहेकी बेला मेरो हात तानतुन गर्दै घरमा रहेको दराज तोड्दै नगाद सहित गरगहनाहरु लुटेर लगेको बताइन् । उनले भनिन,एक महिना बिहेको नभएको छ। माइतिबाट बिहेमा दिएको सबै गरगहना लुटेर लगनुको साथै आफू दुव्र्यवहारमा पनि परेको उनले भनिन।

आफ्नै गाउँकै एक युवा लुटेराहको समुहले लुटेर लगेको चिनीसके पछि ससुरा जसलाल यादवले जिल्ला प्रहरी सिरहामा लुटपिट डाँका मुदा समेत दरखास्त गरेका हुन्। तर दर्खास्त गरेको केही दिन बितिसक्दा पनि समाजका जनप्रतिनिधि देखि लिएर सरोकाबला प्रहरी निकाय समेत न्याय गर्न पंछिदै जिम्मेवारी बहन गर्न मौन रहेको बताइन।

पिडित महिला भन्छीन,सुन्छु महिला हक अधिकार सुरक्षाको लागि कडा कानुन आएको छ,महिला निगरानी तथा संजालहरु छन। तर आफूमाथि अन्यायमा परेपछी किन समाजका दुई-चार अगुवाहरू मुद्दामा मिलाउन दबाब दिएको छ।

प्रहरी निकायमा दिएको मुद्दा किन समाजमै मिलाउन बाध्य बनाउन उनीहरुको प्रयत्न जारी रहेको बताइन् । तिनले,दुस्खद घडिमा साथ दिने को ?प्रहरी निकाय पनि मौन छन। लुटपाट सहित दुव्र्यवहारमा परेकी राजोखरकी एक पीडित महिला भन्छिन,समाजिक न्याय त के भन्नु सुरक्षा दिने प्रहरी निकाय पनि न्याय दिन मौन छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.