हुलाकी न्यूज,बीरगन्ज : सामुदायिक संस्था सानो पाइलाले जिल्ला कोरोना विपद व्यवस्थापन केन्द्रलाई विभिन्न उपकरणहरु उपलब्ध गराएको छ ।
कोरोनाभाइरसको जोखिम न्युन राख्न प्रयोग हुने उपकरणहरु संस्थाले केन्द्रलाई उपलब्ध गराएको हो ।
बुधबार एक कार्यक्रमका बिच संस्थाले कोभिड टेस्टिंग बुथ १ थान, थर्मल गन २ थान, ५० वटा एन ९५ मास्क, १०० वटा सर्जिकल मास्क, २० वटा फेस शिल्ड, २०० वटा ग्लोब्स् र १० वटा प्रोटेक्टीभ ग्लासेस्लगायतका सामगीहरु उपलब्ध गराइएको हो । संस्थाका तर्फबाट सञ्चालन प्रमुख जय साहले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई कोरोना न्युनिकरणमा प्रयोग हुने सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
डिसिसिएमसिको आग्रहमा सिमानामा स्वास्थ्य परिक्षणमा सहजताका लागि उपकरणहरू उपलब्ध गराइएको सञ्चालन प्रमुख साहले बताए । भारतबाट नेपाल आउनेहरुको स्वास्थ्य परिक्षणमा अब सहज हुने उनले भने ।
संस्थाले उपलब्ध गराएको टेस्टिंग बुथबाट स्वाब संकलनका लागि प्रयोग हुने गर्दछ । टेस्टिंग बुथबाट स्वाब संकलन गर्दा संक्रमणको सम्भावना न्युन हुने संस्थाका स्रोत परिचालन प्रमुख भाजु पटेलले जानकारी गराए । जिल्लामा सरकारी संयन्त्रहरुसँगको समन्वयमा महामारी नियन्त्रणका लागि संस्थाले हरसम्भव प्रयास गर्ने पटेलले बताए । उनका अनुसार महामारीका क्रममा जनजीवनलाई सहज पार्न संस्थाले आवश्यक रणनीतिहरु तयार पारिरहेको छ ।



