हुलाकी न्यूज,काठमाडौं : बढ्दो कोभिड १९ का कारण पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड १९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ ।
सरकारले यति आग्रह गर्दा पनि नागरिक हरु स्वास्थ्यमापदण्ड त परै जाहोस माक्स सम्म नलगाई हिड्न थाले पछि सामाजिक अभियन्ता सचिन पाण्डे र सञ्चारकर्मी अमित भट्टले संयुक्त यस अभियानको सुरुवात गरेका हुन् ।
अभियान शनिबार नयाँ बसपार्कबाट सुरु गरी बिजी मल माछापोखरी लगायत भिडभाड हुने ठाउँमा करिब १० प्याकेज मास्क वितरण गरेका हुन् भने उनीहरूलाई कार्यक्रम अवधिभर महानगरीय प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्क र ट्राफिक प्रहरी बसपार्कले महत्त्वपूर्ण कार्यक्रमका लागि धन्यवाद दिएका छन्।



