हुलाकी न्यूज,जनकपुरधाम : नयाँ सत्ता समीकरणलाई लिएर विवादमा फसेको जसपामा आपसी अविश्वास चुलिँदै जाँदा माइन्युट कब्जासम्मको अवस्था आएको छ ।

पार्टीको निर्देशन विपरित सांसदहरुले आफूखुशी निर्णय गर्न थालेपछि अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठकको माइन्यूट लिएर हिँडेको बताइन्छ ।

अस्ति ८ गते संसदीय दलको कार्यालयबाट यादवले माइन्युट लिएर हिँडेको जसपाका एक नेताले बताए । माइन्युट राख्ने जिम्मेवारी राम साहलाई दिइएको भएपनि लुम्बिनी प्रदेशको लफडापछि अहिले यादव आफैले राखेको बताइएको छ ।

लुम्बिनीमा संसदीय दलको निर्णयविपरित सांसदहरु एमाले नेतृत्वको सरकारमा गएपछि त्यसको भोलिपल्टै संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवले माइन्युट लिएर हिँडेको ती नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.