हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा मास्क नलगाउने  ५ हजार भन्दा बढि व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएका हुन्।

बजार तथा सार्वजनिक स्थानहरुमा मास्कनलगाई हिँडिरहेका ५ हजार भन्दा बढि जनालाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डिएपी मकेन्द्र मिश्रले जानकारी दिएका हुन्।

 

जनकपुरधामउपमहानरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताए।

जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना संक्रमण नियन्त्रण तथा थप फैलिन नदिन यसअघि नै सूचना जारी गरी मास्क लगाएर मात्रै बाहिर निस्कन सर्वसाधारणलाई आग्रह समेत गरेकाे थियो भने यस समबन्धमा प्रहरीले पनि ठाउँठाउँमा माइकिङगरी सर्वसाधारणहरुलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेको थियो। तर अटेरीगरी मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको हो।

विहिवार नियन्त्रणमा लिइएका सबै जनालाई दुई घण्टासम्म नियन्त्रणमा राखि छाडिएको डिएसपी मिश्रले जनाएका छन् भने भोलि शुक्रवार देखी एक सय जरिवाना लिई छाडिने प्रहरी डिएसपी मिश्रको भनाइ रहेको छ।

1 COMMENT

  1. Good… But this will not solve the problm…. Till person dont understand themselves it’s for their benifit of health.. But illiterate and superHuman they felt themselves till they suffer and make other suffer…. Hope Authority tighten up more aggressive way… Make compulsory Mask 😷 while on The Roads and public places… Good initiative and hope to continue in coming Day’s to come… To stop second wave… Coming soon….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.