हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा १३३ कोरोना संक्रमित फेला परेका हुन् भने सबभन्दा बढी पर्सामा ७९ जना र धनुषामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएका छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार महोत्तरीमा ९ जना, बारामा ७ जना, रौतहट र सिरहा २–२ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये वीरगञ्जका दुईजना बालक पनि छन् । वीरगञ्जका एक ४ वर्षीय र १२ वर्षीय बालक रहेको निर्देशनालयले जनाएको छ ।जस मध्ये ३८ महिला र ९८ जना पुरुष छन् । यो संगै प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ७५९ पुगेको छ ।



