हुलाकी न्यूज,जनकपुरधाम : वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ।

यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०.२ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो।

पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर १०७ रन बनायो र डीएल मेडथका आधारमा मलेसियाले १२० रनको लक्ष्य पायो।

नेदरल्याण्ड्सले दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको थियो । २२ रन हुँदा ३ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि बेन कुपर र कप्तान पिटर सिलारले ६८ रनको साझेदारी गरेका थिए ।

कुपरले ३२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए । कप्तान सिलारले ३७ रन जोडे । एन्टोनिओस स्टाल १० रनमा अविजित रहे ।

मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदिप सिंह र विरनदिप सिंहले १-१ विकेट लिए ।

१०८ रनको लक्ष्य पछ्याएको मलेसियाले ६ ओभरमा ५६ रन बनाउँदा वर्षा भयो र फेरि खेल रोकियो ।

वर्षाले रोकिएपछि खेल १० ओभरमा छोट्याइयो र मलेसियाले ९२ रनको नयाँ लक्ष्य पायो ।

मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । सुरुको चार बलमा मलेसियले ४ रन जोड्यो । तर पाँचौ बलमा नेदरल्याण्ड्सका भिनय किङ्ग्माले अमिनुद्दिन राम्लीलाई एलबीडब्लू धराापमा परेपछि जितका लागि अन्तिम बलमा २ रन चाहियो ।

मलेसियाका लागि सायद अजिज र अनवर रहमानले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरे । यससँगै ४ खेलबाट ५ अंक जोडेको नेदरल्याण्ड फाइनलमा पुग्यो भने ४ अंक जोडेको घरेलु टोली नेपाल पनि अन्तिम खेल अघि नै अन्तिम दुईमा स्थान बनाउन सफल भयो ।नेपालले लिगको अन्तिम खेलमा बिहीबार मलेसियासँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.