Nepal, May 20 (ANI Photo): Indian nationals wait for boarding passes for Kathmandu-Delhi flight under ‘Vande Bharat Mission’ operation, at the airport in Kathmandu on Wednesday. (ANI Photo)

हुलाकी न्यूज,जनकपुरधाम :भारतीय राहदानीमा नेपालमार्फत तेस्रो मुलुक जान चाहने भारतीय नागरिकलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने भएको हो।

भारतीय दूतावासले बुधबार विज्ञप्ती जारी गर्दै अप्रिल २२ देखि जुन १९ तारिखसम्म एनओसी आवश्यक नपर्ने जानकारी गराएको हो।

तर, राहदानीबाहेकका अन्य परिचयपत्रको आधारमा हवाइ तथा स्थल मार्गबाट नेपाल आइपुग्ने यात्रुको हकमा एनओसी आवश्यक पर्ने दूतावासले जनाएको छ।

यसबारे त्रिभुवन विमानस्थललाई जानकारी गराइएको र यस प्रक्रियामा विमानस्थलले सघाउने जानकारी समेत दूतावासले दिएको छ।

यसअघि नेपालबाट तेस्रो मुलुक जानको लागि भारतीय नागरिकलाई एनओसी अनिवार्य गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.