हुलाकी न्यूज,जनकपुरधाम :नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ।
नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने बताएका छन् भने उनले बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित ७३५ पुगेको र अस्पतालहरु बिरामीले भरिएको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लकडाउन गर्नु परेको बताए।



