हुलाकी न्यूज,काठमाडौं : पछिल्लो पटक आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि वायुसेवा संचालक संघले पनि आज रातीबाट लागू हुने गरी वायुसेवाको भाडादर बढाएका छन् ।

निगमले स्वचालित प्रणाली अनुसार गत ४ गते हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाएको थियो ।

निगमले इन्धनमा मूल्य वृद्धि गरेसँगै संघले आज प्रेस विज्ञप्ती जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ ।

संघका प्रवत्ता योगराज कंडेल शर्माका अनुसार आयल निगमले जे जति रुपैयाँ हवाई इन्धनमा बढाउँछ सोही अनुरुप वायुसेवाले पनि आफ्नो हवाई ‘फ्यूल चार्ज’ लागू हुनेछ । जसका कारण हवाई भाडा बढ्ने उनले बताए ।
हवाई भाडा दर चार्टमा हेर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.