हुलाकी न्यूज,जनकपुरधाम : मंगल ग्रहमा हेलिकोप्टर उडाउने अमेरिकी अन्तरीक्ष नियोग नासाको प्रयास सफल भएको छ ।

आज दिउँसो नासाको १.८ किलोग्राम तौल भएको इन्जेन्युटी हेलिकोप्टरले रातो ग्रहको उडान थालेको हो ।

नासाले प्रत्यक्ष प्रसारण गरेको यो दृश्य हेर्न विश्वको ध्यान केन्द्रित थियो ।पर्सिभिअरेन्स रोभरलाई भुइँमा छाड्दै जेजेरो क्रेटरबाट इन्जेन्युटी नामक उक्त हेलिकोप्टरले उडान भरेको थियो ।

गत फेब्रुअरीमा मंगलमा अवतरण भएको पर्सिभिअरेन्स रोभरसँग उक्त हेलिकोप्टरलाई पनि त्यसतर्फ पठाइएको थियो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.