हुलाकी न्यूज,जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परी १७ जना घाइते भएका हुन् भने घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार दिउँसो करिब साढे ३ बजेको समयमा धनुषाको मिथिला नगरपालिका–९ स्थित पुर्व पश्चिम लोकमार्गमा टिपर र बस एक आपसमा जुध्दा बसमा सवार ३० मध्ये १७ जना घाइते भएका हुन् ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ०६९० नम्बरको टिपर र बिपरित दिशातर्फबाट आउँदै गरेको को.१ ख. ६६९१ नम्बरको बस एक आपसमा ठक्कर खाँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका हुन्।

घाइते मध्ये बसका चालक काठमाण्डौ महानगरपालिका बस्ने अन्दाजी ४२ वर्षीय केशव संग्रौलाको दुबै खुट्टा र हातमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको डिएसपी मिश्रले बताए ।

दुर्घटनामा परी पर्साको रानीघाट–८ बस्ने ४० वर्षीय नन्दु बैठा, मोरङ्गको विराटनगर महानगरपालिका–४ बस्ने ४५ वर्षीय बद्री भुजेल, सप्तरीको हरीपुर चितामन–७ बस्ने ३० वर्षीया आशा देवी चौधरी, सप्तरीकै कञ्चनपुर–७ बस्ने ४० वर्षीय महिनारायण पण्डित, सर्लाहीको बागमती नगरपालिका–८ बस्ने १३ वर्षीया पर्वता ठकुरी, सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने ४८ वर्षीया यम कुमारी खडका, सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने रञ्जु महराको ५ वर्षीय छोरा सुजित महरा, ७ वर्षीय छोरा अभिषेक महरा, सर्लाहीको बागमति नगरपालिका–४ बस्ने ४० वर्षीया राम प्यारी देवी महतो, सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बस्ने सती देवी महतोकी ९ वर्षीया छोरी सोनु कुमारी महतो, पर्साको वीरगञ्ज महानगरपालिका–१४ बस्ने ३७ वर्षीया अस्मिता पटेल, सोही ठाउँ बस्ने १४ वर्षीया सम्झना पटेल, १० वर्षीय आयुष पटेल, ९ वर्षीय अंश पटेल र १४ वर्षीय रितेश पटेल तथा सिरहाको गोलबजार नगरपालिका बस्ने १२ वर्षीया रुपा शाही ठकुरी घाइते भएका छन् ।

घाइतेहरुको मोडेल अस्पताल लालगढमा उपचार भइरहेको र टिपरका चालक फरार रहेकोले उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.