हुलाकी न्यूज,जनकपुरधाम : छिमेकिमुलिक भारतको बहुचर्चित चारा घोटाला मुद्दामा जेल परेका बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादव धरौटीमा रिहा हुने भएका हुन्।

झारखण्ड उच्च अदालतका न्यायाधीश अपरेशकुमार सिंहको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

कोषको रकम हिनामिना गरेको छुट्टाछुट्टै चार मुद्दामा उनलाई जेल चलान गरिएको थियो । यसअघि नै उनीमाथिका तीनवटा मुद्दामा धरौटीमा रिहा गर्न अदालतबाट आदेश भइसकेको छ ।

लालु यादव अहिले दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत छन् ।

जनवरीको दोस्रो साता फोक्सोमा भएको संक्रमणका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई राँचीस्थित रिम्समा उपचारका लागि लगिएको थियो ।

त्यहाँ उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि जेल प्रशासनले उनलाई थप उपचारका लागि एम्समा पठाउने निर्णय गरेका थिए । त्यसपछि अहिलेसम्म एम्समा उनी चिकित्सकीय निगरानीमा रहेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.