हुलाकी न्यूज,जनकपुरधाम : बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिएका छन्।

उनका अनुसार, भारतको पञ्जाब, महाराष्ट्र र गुजरातबाट आएका सङ्क्रमित सबै पुरुष छन्।

उनीहरुमध्ये एक रोल्पा, तीन बर्दिया, चार दैलेख, छ बाँके र एक जना सुर्खेतका रहेका छन् ।

बाँकेमा शुक्रबारमात्रै १९९ मा कोरोना पुष्टि भएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको स्वाब परीक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जको परीक्षणमा १२७ र बागेश्वरी प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.