हुलाकी न्यूज,जनकपुरधाम : सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित एक कुखुरा फर्ममा चट्यांग लागेर आगलागी हुँदा १२ सय कुखुरा जलेर मरे, १० लाखको क्षति भएको छ।

आगलागीले फर्मभित्रका १२ सय कुखुराका चल्लाको जलेर मृत्यु भएको प्रहरीले जनाएका छन्।

शुक्रबार रातिआएको हावाहुरीसँगै परेको चट्याङ्गले ईश्वरपुर नगरपालिका ७ पोखरी टोलमा उदय राय यादव र राजेश पटेलले संयुक्त रुपमा सन्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।

आगलागीमा परी १२ सय कुखुराको चल्ला र ५० बोरा दाना पूर्ण रुपमा जलेर नष्ट भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन्। आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.