हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सवंदलीय बैठक आज ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।
संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको बताइएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबं पार्टीका शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ । तर जनता समाजबादी पार्टी (जसपा)का संघस्य परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भने बैठकमा निमन्त्रणा गरिएको छैन।
निमन्त्रणाका लागि प्रधानमन्त्री ओलीले हिजो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि टेलिफोन गरेका थिए ।



