हुलाकी न्यूज,जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आज आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन ।

राष्ट्रपति भवनमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन ।

युताका आवासीय र तथा अन्य देशका राजदूत गैरआवासीय हुनुहुन्छ ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.