हुलाकी न्यूज,जनकपुरधाम : कोरोना भाइरसको दोस्रो लहर पहिलो लहरभन्दा खतरनाक मानिएको छ।
दोस्रो लहरको भाइरसले कुनै पनि उमेरका मानिसलाई छाड्दैन ।
वृद्धा, युवा र बालबालिका मात्र नभइ दुयृ दिन, १४ दिन तथा ८ महिनाको नवजात शिशु पनि अहिले यो भाइरसको चपेटामा आइसकेका छन् ।
ती शिशुहरुलाई उच्च ज्वरो र निमोनिया जस्ता गम्भीर लक्षण देखिएको छ, जसका कारण उनीहरुलाई अस्पतालमा भर्ना गर्नु पर्ने आवश्यकता आइपरेको छ भने दुई नवजात शिशूले त भारतमा ज्यान समेत गुमाइसकेका छन् ।
कोरोनाको पहिलो लहर न बालबालिकाका लागि खतरनाक थियो, न त उनीहरुमा कुनै खतरनाक लक्षण नै प्राप्त भएको थियो ।
यद्यपि यसपटक स्थिति परिवर्तन भएको छ ।
दिल्लीको लोक नायक अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर सुरेश कुमारका भन्छन्– ‘अहिले हाम्रो अस्पतालमा ८ त्यस्ता शिशुहरु भर्ना भएका छन्, जसमा कोरोनाको गम्भीर लक्षण देखिएको छ । तीमध्ये एउटा शिशु त ८ महिनाको छ । अरु बालबालिकाको उमेर १२ वर्ष भन्दा कम रहेको छ । ती सबै बालबालिकालाई उच्च ज्वरो, निमोनिया, हिडाइड्रेशन र स्वाद थाहा नपाउने जस्ता लक्षण देखिएको छ ।’
त्यस्तै भारतको गंगा राम अस्पतालमा पनि कोरोना संक्रमित बालबालिका भर्ना भएका छन् ।
अस्पतालमा वरिष्ठ बाल रोग विशेषज्ञका अनुसार उनीहरुलाई कोरोना संक्रमित बालबालिकाको परिवारबाट हरेक दिन २० देखि ३० वटा फोन आइरहेको छ र मानिसहरु भिडियो कन्सल्टेशनका लागि सम्पर्क गरिरहेका छन् ।
विशेषज्ञका अनुसार कोरोना संक्रमित वयस्कको तुलनामा बालबालिकाके उपचारमा धेरै समस्याको सामना गर्नु परिरहेको छ ।
संक्रमित बालबालिकाका लागि कुनै भिन्दै वार्ड छैन, किनभने पहिलो चरणको भाइरसले यति ठुलो संख्यामा बालबालिकाहरु संक्रमित भएका थिएनन् ।
बालबालिकालाई रेमडेसिभिर जस्ता एन्टी भाइरल औषधि अथवा स्टेरइड दिन मिल्दैन ।
डाक्टरका अनुसार बालबालिकामा कोरोनाको लक्षण देखिएकाले भाइरस म्यूटेशन भइसकेको भन्ने कुरा प्रष्ट हुन्छ ।
स्थिति गभ्मीर भएका बालबालिकाको मृत्यु समेत भएको खबर आइरहेको छ ।
डाक्टरहरुका अनुसार कोभिड– १९ गम्भीर हुँदा मल्टि–इन्फ्लेमेटरी सिन्ड्रोम पनि बालबालिका भइरहेको छ, जसका कारण केहीको मृत्यु समेत भएको छ ।
मल्टि इन्फ्लेमेटरी सिन्ड्रोममा ज्वरोसंगै मुटु, फोक्सो र दिमागमा गम्भिर सूजन हुन सक्छ, जसका कारण केही बालबालिकाको स्थिति गम्भीर पनि हुन सक्छ ।
यद्यपि, बालबालिकामा यस प्रकारको गम्भीर स्थिति अहिले धेरै कम छ र समयमा नै यसको उपचार गरेर उनीलाई बचाउन सकिन्छ ।
लक्षणहरु
ज्वरो, टाउको दुख्नु, कफ, रुघा–खोकि जस्ता कोरोनाका सामान्य लक्षण बाहेक रेशेज, कोभिड टोज, आँखा रातो हुनु, शरीर र जोर्नी दुखाई, वाक वाक लागनु, पेट बटारिनु, ग्यास्ट्रोइन्टेस्टाइन सम्बन्धि समस्या, ओठ फुट्ने, थकान र सुस्त जस्ता लक्षणहरुलाई वेवास्ता गर्नु हुँदैन । साना बालबालिका र नवजात शिशुमा छालाको रंग परिवर्तन, धेरै ज्वरो आउनु, भोक नलाग्नु, वान्ता, मांशपेशिको दुखाई, ओठ र छाला सुनिन सक्छ ।
अपनाउनु पर्ने सावधानीहरु
बालबालिकालाई पनि मास्क लगाइदिनु पर्छ । घरबाट बाहिर खेल्न पठाउनु हुँदैन । त्यस्तै स्विमिङ कक्षा अथवा शपिङ मल र कुनै समारोहमा पनि बालबालिकाका लैजानु हुँदैन । युवाहरुले स्टेडियम अथवा जिम जानबाट बच्नु पर्छ । यी सबै स्थानबाट कोरोना संक्रमण सजिलै फैलन सक्छ । घरमा यदि कुनै सदस्यलाई कोरोना संक्रमण भएको छ भने बालबालिकालाई उनीहरुबाट टाढा राख्नु पर्छ । नवजात शिशु अथवा बालबालिकालाई कोरोनासंग सम्बन्धित लक्षण देखियो भने डाक्टरसंग सम्पर्क गर्नु पर्छ ।



